काग तिहारको अवसरमा रत्नपार्कमा १९औँ ‘काग सम्मेलन’

<span class='c1'>काग तिहारको अवसरमा रत्नपार्कमा</span> <span class='c2'>१९औँ ‘काग सम्मेलन’</span>

काठमाडौं । यमपञ्चकको पहिलो दिन आज काग तिहारको अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ ।

ग्रीन सिटीअस्पताल बसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान १९औँ काग सम्मेलन गरिएको हो । काग सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने ईलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्नुभएको हो ।

विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आउनुभएका दुलालले यसवर्ष पनि काग बोलाएर सम्मेलन गर्नुभएको हो । “कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत प¥र्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्”, उहाँले भन्नुभयो । काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ । काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्