नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको ‘एक्सबीबी’ भेटियो

<span class='c1'>नेपालमा पनि कोरोना भाइरसको</span> <span class='c2'>ओमिक्रोनको ‘एक्सबीबी’ भेटियो</span>

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी) भेटिएको छ ।

नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो । यो भेरिएन्टलाई उच्च संक्रामक भनिएको छ ।

विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो ।

यो एक्सबीबी भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत देखिसकिएको छ । प्रारम्भिक अध्ययनमा यो भेरिएन्टले कोभिडविरुद्धको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र संक्रमण बढाउने खालको पाइएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार जाडोयाममा यो भेरिएन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आकलन गरिएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्