जुवा खेल्ने ६२ जना पक्राउ, नौ विरुद्ध मुद्दा दर्ता

<span class='c1'>जुवा खेल्ने ६२ जना पक्राउ,</span> <span class='c2'>नौ विरुद्ध मुद्दा दर्ता</span>

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा रु नौ लाख १२ हजार ८० नगदसहित ६२ लाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले जुवा खेल्नेबाट रु छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग रु दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको हो ।

प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ ।

फोटो:फाइल रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्