उदयपुरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

<span class='c1'>उदयपुरमा आगलागी हुँदा तीन</span> <span class='c2'>घर जलेर नष्ट</span>

उदयपुर । उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।

आगलागीबाट स्थानीय पूर्णबहादुृर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताउनुभयो । आगलागीबाट झण्डै रु ४६ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताउनुभयो ।

आगलागीमा परी पूर्णबहादुरको अन्नपात, सुनचाँदी, पशुचौपाया गरी रु २५ लाख, सन्तबहादुर मगरको घर, काठपात लगायत गरी रु १५ लाख र यज्ञबहादुर मगरको घरसहित रु छ लाख बराबरको क्षति भएको पनि प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

एक्कासी सुरु भएको आगलागी साँझ नियन्त्रणमा आएको वडाध्यक्ष तामाङले बताउनुभयो । स्थानीय र प्रहरी चौकी वेतेनीको सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्