डिजिटल अनावरण गर्दै एमालेको घोषणापत्र सार्वजनिक

<span class='c1'>डिजिटल अनावरण गर्दै</span> <span class='c2'>एमालेको घोषणापत्र सार्वजनिक</span>

काठमाडौं । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारिएको घोषणापत्र आज सार्वजनिक गरेको छ ।

आज यहाँ आयोजित एक समारोहमा सो पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो दलले गर्ने काम कारबाहीका बारेमा जानकारी दिएको छ ।

कुल २० हजार शब्द रहेको घोषणापत्रको एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल अनावरण गर्दै सार्वजनिक गर्नुभएको हो । सो घोषणापत्रमा एमालेले राष्ट्रिय हित स्वाधीनताको रक्षामा जोड दिएको छ ।

राजनीतिक स्थायित्वमा जोड दिएको सो पार्टीले मितव्ययी, पारदर्शी र जनउत्तरुदायी शासन व्यवस्था, राष्ट्रिय पूँजी निर्माण र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो घोषणापत्र केन्द्रित रहेको जनाएको छ । एमालेले आफ्नो घोषणापत्र कार्यान्वयन हुने २० वटा आधार पनि प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्