आज नेप्से परिसूचक ५६.११ अंकले बढ्यो

<span class='c1'>आज नेप्से परिसूचक</span> <span class='c2'>५६.११ अंकले बढ्यो</span>

मंगलबार नेप्से परिसूचक ५६.११ अंकले बढेको छ।  आज नेप्से २.९९ प्रतिशतले बढेर १९३०.९९ बिन्दुमा पुगेर बन्द भएको छ।

यस दिन २३१ वटा धितोपत्रको १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ।मंगलबार न्यादी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य २८८ रुपैयाँ २० पैसामा बन्द भएको छ।

त्यस्तै, युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २१८ रुपैयाँ कायम भएको छ। यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा ९.५% एनसिसी डिवेञ्चर २०८६ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ३.९१ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८६० रुपैयाँमा झरेको छ।

त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ को इकाइ मूल्य ३.७३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ २६ पैसा कायम भएको छ। यस दिन सर्वाधिक सेयर खरिद–बिक्री एनआइसी एशिया बैंकको भएको छ। कम्पनीको ६९५ रुपैयाँमा ६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ५.३० प्रतिशतले बढेको हो।  सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त बैंकको ८३५ रुपैयाँमा ५ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यस दिन अन्य समूहको परिसूचक सर्वाधिक ५.२८ प्रतिशतले बढेको छ। त्यस्तै, वित्त समूहको परिसूचक ५.४ प्रतिशत, व्यापार समूहको परिसूचक ४.५६ प्रतिशत, जलविद्युत समूहको परिसूचक ४.३७ प्रतिशत र लगानी समूहको परिसूचक ४.१७ प्रतिशतले बढेको छ।

त्यसैगरी, विकास बैंक समूहको परिसूचक ३.९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३.३३ प्रतिशत, निर्जीवन बीमा समूहको परिसूचक २.४२ प्रतिशत, लघुवित्त समूहको परिसूचक २.१९ प्रतिशत, बैंकिङ समूहको परिसूचक २.२ प्रतिशत र होटल्स तथा पर्यटन समूहको परिसूचक २.०९ प्रतिशतले बढेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्