एमसिसीमाथि नेपाली महिला क्रिकेट टोलीको जित

<span class='c1'>एमसिसीमाथि नेपाली महिला</span> <span class='c2'>क्रिकेट टोलीको जित</span>

कास्की । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ(क्यान–११) ले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँगको मैत्रीपूर्ण क्रिकेट प्रतिस्पर्धामा जित हासिल गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज अन्तिम दिनको एकदिवसीय खेलमा क्यान–११ ले एमसिसीमाथि दुई विकेटले जित निकालेको हो । खेलमा नेपाली टोलीका नेरी थापाले व्यक्तिगत ५५ रनको योगदानसँगै दुई महत्वपूर्ण विकेट हात पार्दै ‘प्लेयर अफ दि म्याच’ तथा ‘प्लेयर अफ दि सिरिज’को ट्रफीसमेत हात पार्नुभयो । आजको जितसँगै नेपाली महिला क्रिकेट टोली क्यान–११ ले सिरिजसमेत हात पारेको छ । क्यान ११ ले टी–२० मा समेत एमसिसिलाई पराजित गरेको थियो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको एमसिसीले छ विकेटको नोक्सानीमा १५५ रन जोडेको थियो । एमसिसीका लागि क्लारा टेलरले ५५ र अमान्दा पोटगिजरले २६ रन तथा जेनी किटजिङ्गरले २५ रनको योगदान दिनुभयो ।

नेपालका लागि वलिङतर्फ नेरी थापा र सोनी पाख्रिनले समान दुई÷दुई विकेट लिँदा सीता राना र इन्दु वर्माले एक/एक विकेट लिनुभयो । खेलमा जितका लागि १५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले ३९ ओभरमा आठ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपाली टोलीका नेरी थापाले ५५, कविता कुँवरले १८, रुविना क्षेत्रीले १६, सम्झना खड्काले ११ र रोमा थापाले १० रन बनाउनुभयो । एमसिसीका लागि अमान्दा पोटगिजरले तीन विकेट लिँदा एलिगा हुवार्ड र इशाबेल गुर्नीले समान दुई/दुई विकेट लिनुभयो । रिचेल पोर्टरले एक विकेट लिनुभयो ।

क्रिकेटको जन्मस्थल मानिने बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) क्रिकेट खेलको विकास तथा प्रचारका लागि अन्तर्राष्ट्रियस्तरमा नै भ्रमण गर्ने गर्दछ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वनकुमार गुरुङ, सदस्य सचिव घनश्याम पौडेललगायतले पुरस्कार वितरण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्