हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक

हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

चालु आर्थिक वर्षको साउनमा सार्क बाहिरका देशका दुई हजार आठ सय ६४ पर्यटक आएको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए । यो सङ्ख्या भदौ महिनामा बढेर सार्क बाहिरी देशका तीन हजार छ सय १० र सार्क देशका एक हजार आठ सय ९३ पर्यटक आएको कार्यक्रमका कार्यालय प्रमुख रोशन शाक्यले जानकारी दिनुभयो ।

यो सङ्ख्या असोजमा अझै बढेको छ । असोजमा सार्क बाहिरी देशका दश हजार पाँच सय ९४ र सार्क देशका तीन हजार एक सय ७८ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । कोरोनापछि पहिलोपटक पर्यटकको सङ्ख्या सन्तोषजनक हुन थालेको उहाँले सुनाउनुभयो । कार्यक्रमले सार्क देशका पर्यटकसँग रु एक सय ५० र सार्क बाहिरी देशका पर्यटकसँग रु एक हजार शुल्क लिने गरेको छ ।

कार्यक्रमअन्तर्गत महानगरपालिका वडा नं १९, २०, २३ र २४ वडाका सम्पदा क्षेत्र पर्छन् । कार्यक्रमले यी वडाका मूर्त एवं अमूर्त सम्पदाको संरक्षणका लागि काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्