एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: न्यौपाने नियुक्त

<span class='c1'>एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी</span> <span class='c2'>अधिकृतमा पुन: न्यौपाने नियुक्त</span>

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: रोशनकुमार न्यौपाने नियुक्त भएका छन् ।

कात्तिक १६ मा बसेको बैंक सञ्चालक समितिको बैठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । यो निर्णय मंसिर १५ गतेदेखि लागू हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपालमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट सो बैंक जोडिएका थिए । त्यसपछि न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैँकको नेतृत्व सम्हालेपछिका छोटो अवधिमा नै बैँकले उनलाई सीईओको जिम्मेवारी दिएको थियो ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैँकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत परिचित भएका थिए ।

रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ४२ वर्षीय न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा बैँकलाई उत्कृष्ट नतिजा दिलाउन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्