बेलबारी गोल्डकप : सेमिफाइनलमा डाँगीहाट प्रवेश

<span class='c1'>बेलबारी गोल्डकप :</span> <span class='c2'>सेमिफाइनलमा डाँगीहाट प्रवेश</span>

सुन्दरहरैँचा । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा आयाेजक डाँगीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

पाहुना टोली झापाको रोलिङ एफ सी धुलाबारीको चुनौतीलाई टाइब्रेकर मार्फत ३–१ गोल अन्तरले पछि पार्दै आयोजक डाँगीहाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियाे ।

उत्कृष्ट प्रदर्शन गरेको झापा खेल समयलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाटै बिदा भएको थियाे ।

टाइब्रेकरमा आयोजकका साइमन लिम्बू, काशिम राई र अभिषेक लिम्बूले गोल गरे । निरज कार्कीको प्रहारले पोस्टको जाली चुम्न सकेन । झापाका तर्फबाट आशिष चापागाईंले मात्रै गोल गर्न सफल भए । एन्जल गुरूङ र प्रशान्त लक्समको प्रहार बाहिरियो । लोकेन्द्र लिम्बूको कडा प्रहारमा डाँगीहाटका गोल रक्षक किशोर गिरीले राेके ।

आयोजक डाँगीहाटका सुशील राईको प्रहारलाई झापाका गोलरक्षक मनोज प्रधानले असफल परि दिए । झापाका रजिन सुब्बाको १५ औँ मिनेटको प्रहारलाई आयोजकका गोलरक्षक किशोर गिरीले समाए । अभिषेक गुरुङले १९ औँ मिनेटमा सुनाैलाे अवसर पाए पनि गोल गर्न सकेनन् । झापाका आशिष चापागाईंले ४३ औँ मिनेटमा प्रहार गरेको खुल्ला बलमा गोलरक्षक गिरीले बिफल पारीदिए ।

खेलको म्यान अफ दी म्याच आयोजक तर्फका गोलरक्षक गिरी घाेषित भएर रु ५ हजार नगद पुरस्कार पाए । तेस्रो दिनकाे खेल उदघाटन नगर उप प्रमुख नितु थापा काेइरालाले गरेकी थिइन् ।

२३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले रु ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउँने खेल प्रबक्ता नरेन्द्र बस्नेतले जानकारी दिए ।

शुक्रबारकाे खेल सहलेस युथ क्लब सिरहा र क्यामरूनको एभिनीयर फुटबल क्लबबीच हुने खेल संयाेजक भाइकुमार गुरूङले बताए । मणिराम दाहाल /रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्