राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन बनेको हो : नेता सिंह

<span class='c1'>राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि</span> <span class='c2'>गठबन्धन बनेको हो : नेता सिंह</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएकाले आगामी निर्वाचनमा उक्त गठबन्धनले जित्नुपर्नेमा जोड दिनुभएकोे हो ।

“संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई संस्थागत गर्न सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ”, नेता सिंहले भन्नुभयो, “निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न सबै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको छ । यसैगरी आचारसंहितालाई ख्याल गरेर चुनावी अभियान सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत हुनुभएका नेता सिंहले नेपाली जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट निर्माण भएको संविधानको रक्षा र शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पु¥याउनका लागि लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यकता रहेको बताउनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्