पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलवारी एफसीलाई

पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलवारी एफसीलाई

पथरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न पिट्सवर्ग च्यालेन्ज कपको उपाधि साबिक विजेता बेलवारी एफसीले चुमेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा चारतारे फुटबल क्लब लेटाङलाई ‘टाइब्रेकर’मा २–४ हराउँदै बेलवारीले उपाधि चुमेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

टाइब्रेकरमा बेलवारी एफसीका मैसम सुब्बा, अभिषेक गुरुङ, सुरज राई र निशान लिम्बूले गोल गरे भने विल्सन गिरीको प्रहार विपक्षी गोलरक्षक टेकेन्द्र थापाले बचाएका थिए । चारतारे लेटाङका लागि अशोक खवार र जय गुरुङले गोल गरेका थिए । सुशील राईको प्रहार बेलवारीका गोलरक्षक किशोर गिरीले बचाएका थिए भने अभिषेक लिम्बूको प्रहार बाहिरिएको थियो ।

प्रतियोगिताको विजयी टोली बेलवारी एफसीले नगद रु दुई लाख एकका तथा उपविजेता चारतारे लेटाङले नगद रु एक लाख एक हजार साथ मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलको ‘म्यान अफ दी म्याच’ र ‘बेस्ट गोल किपर बेलबारी एफ सी’का गोलरक्षक किशोर गिरी घोषित भए । प्रतियोगितामा बेलवारीका राजकुमार राई ‘बेस्ट कोच’ घोषित हँुदै नगद रु पाँच हजार प्राप्त गरे । विवेक पौडेल ‘बेस्ट प्लेयर’ घोषित भई नगद सात हजार पाँच सय प्राप्त गरेका छन् । लेटाङका भुवन बस्नेत ‘बेस्ट फरवार्ड’ अभिषेक लिम्बू ‘वेस्ट डिफेन्डर’ जय गुरुङ ‘बेस्ट मिड फिल्डर’ घोषित भई जनही रु पाँच÷पाँच हजार प्राप्त गरे ।

प्रतियोगिताको विजयी टोली र खेलाडीलाई नगरप्रमुख मोहन तुम्वापोले पुरस्कृत गर्नुभएको थियो । लामो समय नेपालमा रही तेस्रो मुलुक पुनः स्थानान्तरण भएका नेपाली भाषी भूटानी शरणार्थीहरूको सहयोगमा गत वर्षदेखि पिट्सवर्ग च्यालेन्ज कप सञ्चालन हँुदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्