शुक्र अस्तले चतुर्मास व्रत उद्यापन रोकिँदैन : धर्मशास्त्रविद्

<span class='c1'>शुक्र अस्तले चतुर्मास व्रत</span> <span class='c2'>उद्यापन रोकिँदैन : धर्मशास्त्रविद्</span>

काठमाडौं । शुक्र अस्तमा चतुर्मास व्रत समापन गर्न नहुने भनी गरिएको प्रचारप्रसार शास्त्रीय नभएकामा धर्मशास्त्रविद्ले जोड दिनुभएको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म घरघरमा विशेषरुपमा तुलसीको पूजा आराधनासहित चतुर्मास व्रत एवम् कार्तिक स्नान गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीले कार्तिक शुक्ल द्वादशीदेखि हवन गरेर व्रत समापन गर्ने गर्छन् । यस वर्ष असोज १४ गते अस्त भएको शुक्र मङ्सिर ६ गते उदय हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यो अवधिमा कुनै कामनाले गरिने कर्म मात्र गर्न नहुने धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । चतुर्मास व्रत प्रत्येक वर्षको नियमित कर्म भएकाले शुक्र एवम् वृहस्पति अस्तले यस्ता कर्म नरोकिने उहाँले सुनाउनुभयो । केही व्यक्तिले सामाजिक सञ्जाललगायतबाट गरेको यससम्बन्धी प्रचारप्रसार गलत रहेको समितिले जनाएको छ ।

धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम शुक्र अस्त भएकाले चतुर्मास व्रत समापन गर्नुहुन्छ कि हुन्न भनि दैनिक धेरैले सम्पर्क गर्ने गरेको बताउनुहुन्छ । तिथिअनुसार प्रत्येक वर्ष मनाइने चाडबाड मनाउन र नियमित व्रत समापन गर्न शुक्र एवम् वृहस्पति अस्तले फरक नपर्ने उहाँले बताउनुभयो । पुराण वाचन, विवाह, व्रतबन्धजस्ता कर्म भने शुक्र एवम् वृहस्पति अस्तका बेला गर्नु नहुने शास्त्रीय वचन छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको विशेष पूजा समापन गर्न गरिने हवनका लागि अग्नि जुराउनु पर्दैन । त्यसपछि भने अग्निे जुरेका दिनमा मात्र चतुर्मास व्रत समापनसहित तुलसीको विशेष पूजा उद्यापन गरिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्