काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
सोमबार राति भूकम्पको धक्का महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको थियो ।
आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का प्रदेश १ का जिल्लामा बढी महसुस भएको थियो ।
यो पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।