भायाटिभीको सदस्यता लिने ग्राहकले नयाँ हिमस्टार टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट

भायाटिभीको सदस्यता लिने ग्राहकले नयाँ हिमस्टार टिभी खरिदमा ५१ प्रतिशतसम्म छुट

काठमाडौं । अबको दुई हप्ता पश्चात फिफा विश्वकप-२०२२ सुरु हुँदैछ । फुटबलको महाकुम्भका रुपमा लिइएको विश्वकपलाई लक्षित गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी भायाटिभीले आफ्ना ग्राहकका लागि नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत भायाटिभीका ग्राहकले मात्र ५ सय रुपैयाँमा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्न पाउनेछन् । साथै ३२ इन्च देखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै भायाटिभीका विद्यमान ग्राहकहरूले पनि ५०० मा नै सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन् । यद्यपि यो अफर सेट-टप-बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ । यसबाहेक भायाटिभीको “ब्रिङ् होम द गेम” अफर अन्तर्गत ग्राहकहरूले एक सय ५० रुपैयाँ प्रति महिना भायाटिभी र ९ सय ९९ प्रति महिनामा २०० एमबीपीएस भायानेट अल्ट्रा-फाई इन्टरनेट पनि पाउने छन् ।

वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यो प्याकेजमा नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यो छुटपछि ग्राहकले ३२ इन्चको हिमस्टार एलइडी टिभी १२ हजार १२३ सम्ममा र ४३ इन्चको स्मार्ट टिभी २४ हजार ३३५ रुपैयाँसम्ममा खरिद गर्न सक्नेछन् ।

यसका साथै भायाटिभीको आईएसपि पार्टनर भायानेट कम्युनिकेसनले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट-टप-बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १।१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्