एक हजार चार सयले बढ्यो सुनको मूल्य

<span class='c1'>एक हजार चार सयले</span> <span class='c2'>बढ्यो सुनको मूल्य</span>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ ।

अधिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९५ हजार चार सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्