मोरङ-३ (क) मा कांग्रेसले मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने

<span class='c1'>मोरङ-३ (क) मा कांग्रेसले</span> <span class='c2'>मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने</span>

विराटनगर । मोरङ–३ (क) को प्रदेशसभाका लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने भएको  छ ।

कांग्रेसले मोरङ क्षेत्र नम्बर ३(क) मा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पार्टीका महासमिति सदस्य लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेकाले उनी मनोनयन दर्ता गराउने  तयारीमा जुटेको जानकारी दिए ।

निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिका अनुसार कांग्रेसलाई मनोनयन दर्ताका लागि बिहीबार १० बजेदेखि १ बजेसम्मका समय दिएको छ ।

कांग्रेसका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएपछि पार्टीले लिम्बूलाई उम्मेदवार बनाएको हो ।

लिम्बू नेविसंघ मोरङ पूर्व अध्यक्षका साथै जिल्ला संगठनको समेत नेतृत्व गरिसकेका त्यस क्षेत्रका चर्चित अनुहार भएकाले पार्टीले उम्मेदवार बनाएको बस्नेतले बताए ।

टिकट पाएसँगै लिम्बूले एमालेबाट उम्मेदवार बनेका दिलिप राईसँग प्रतिश्पर्धा गर्ने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्