निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालयका क्याम्पस मंसिर १ देखि ५ गतेसम्म बन्द हुने

<span class='c1'>निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालयका क्याम्पस मंसिर</span> <span class='c2'>१ देखि ५ गतेसम्म बन्द हुने</span>

त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस आगामी मंसिर १ देखि ५ गतेसम्म बन्द हुने भएका छन्।

शुक्रबार त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मंसिर १, २ र ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो। मंसिर ३ गते शनिबार परेको छ भने ४ गते निर्वाचनकै दिन हो।

त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत राखिएको हुँदा बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।

बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्