ईलामको सूर्योदय नगरपालिका-३ बौद्दधामस्थित सडकमा फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको मे.८ प ९२४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउमा पार्किङ गरी राखेको बा.८६ प १३५५ नम्बरको स्कुटरमा ठक्कर खाई दुर्घटना भएको छ ।
शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय सन्देश शेर्पाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको फिक्कल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।