नबिल बैंकले टाटा विद्युतीय गाडी किन्न १२.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । टाटाले अहिले नेक्सन र टिगोर सेग्मेन्टमा विद्युतीय गाडी बिक्री गर्दै आएको छ । टाटा टिआयो ल्याउने तयारीमा छ ।
नबिल बैंकले टाटाको विद्युतीय गाडी किन्नका लागि मूल्यको ८० प्रतिशत ऋण सात वर्ष समयका लागि दिनेछ ।
टाटा मोटर्सको बिक्रेता सिप्रदी ट्रेडिङ र नबिल बैंकबीच भएको सम्झौता अनुसार गाडी किन्नको लागि बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने छ ।
विद्युतीय गाडीमा टाटाको मोडलहरू पछिल्लो समय उपभोक्ताले रुचाएको मोडलमा परेको छ ।