समानुपातिकको भोट माग्दै हलोका उमेदवार

समानुपातिकको भोट माग्दै हलोका उमेदवार

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक सूचीमा परेका उद्धव पौडेलले निर्वाचन प्रचारप्रसार सुरु गरेका छन् । विराटनगरका वासिन्दा पौडेलले सोमबार पत्रकार सम्मेलन गरेर समानुपातिकतर्फ मतदान गर्न आग्रह गरेका हुन् ।

चलचित्र क्षेत्रमा क्रियाशिल पौडेल विराटनगरका पूर्व उप–प्रधानपञ्च हुन् । २०३९ सालमा उनले विराटनगरको नेतृत्व गरेका थिए । अहिले समानुपातिक सूचीमा नाम परेपछि उनले निर्वाचन प्रचारको कामलाई अगाडी बढाएका छन् ।

उनले भावी प्रधानमन्त्री राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन हुनसक्ने दावी गरे । राप्रपाले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्