देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र छ : अध्यक्ष ओली

<span class='c1'>देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग</span> <span class='c2'>मात्र छ : अध्यक्ष ओली</span>

सिन्धुली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको बताउनुभएको छ ।

सिन्धुलीको दुधौलीमा आज एमालेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना सकार पार्न सूर्य चिह्नमा मतदान गर्न अपिल गर्नुभयो ।

उहाँले देशलाई विकासको अभियानमा लैजान र सुखी नेपाली समृृद्ध नेपाल निर्माणका लागि एमालेको सरकार आवश्यक रहेकोमा जोड दिनुभयो । “एमालेले जारी गरेको घोषणापत्र ग्यारेन्टीका साथ हामी पूरा गर्न तयार छौँ, तपाईंको एकमतले देशको विकासमा टेवा पुग्ने भएकाले सिन्धुलीबाट एमालेका उम्मेदवारलाई विजयी गरेर पठाए जिल्ला र देशको विकास हुनेछ”, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले सुनकोशी मरिण डाइभर्सन, मदनभण्डारी राजमार्ग आर्थिक समृद्धिका आधार निर्माण गरेको बताउनुभयो ।

एमालेले जिल्लामा उठाइएका प्रतिनिधिसभाका दुई प्रदीप कटुवाल, मनोजजङ्ग थापा र प्रदेशसभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै उम्मेदवारलाई मत दिएर विजयी गराउन उहाँले आग्रह गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्