झापामा बसको ठक्करबाट मैनाली दम्पतीको मृत्यु

<span class='c1'>झापामा बसको ठक्करबाट</span> <span class='c2'>मैनाली दम्पतीको मृत्यु</span>

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज अपराह्न अर्जुनधारा नगरपालिकाका एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा–६ निवासी ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे७प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्