काठमाडौं । आइतबारबाट सुरु हुने फिफा विश्वकप फुटबल खेल्नको लागि अर्जेन्टिनाको टिम कतार पुगेको छ ।

बिहीबार बिहान फेसबुक पेजमार्फत फोटो सार्वजनिक गर्दै कतार प्रस्थान गरेको जानकारी दिएको हो।

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरिएको हो।

अर्जेन्टिना समूह ‘सी’मा परेको छ । नोभेम्बर २२ मा साउदी अरबसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ।

यस्तै नोभेम्बर २७ मा मेक्सिको र डिसेम्बर १ मा पोल्यान्डसँग खेल्ने छ।