नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गरेको आशंकामा ५० जना पक्राउ

<span class='c1'>नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी</span> <span class='c2'>गरेको आशंकामा ५० जना पक्राउ</span>

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भई रहेको नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गरेको आशंकामा ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार नेपाल र यूएईबीचको खेल जारी रहँदा दर्शकदीर्घामा बसेर सट्टेबाजी गरेको आशंकामा ५० जनालाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

सीआईबीका प्रवक्ता कमल थापाले शंकास्पद गतिविधि गरेको आशंकामा त्रिवि क्रिकेट मैदानबाट ५० जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

उनले भने,' गोप्यसूचनाका आधारमा केहीदिन अघिदेखि हामीले निगरानी गरिरहेका थियौं। सोही आधारमा उनीहरुलाई पक्राउ गरेको हो। अनुसन्धान भइरहेको छ।'

यूएईको नेपाल भ्रमणअन्तर्गत एकदिवसीय शृंखलाको अन्तिम खेलमा अहिले नेपाल र यूएईबीचको खेल जारी छ।

नेपालमा कानुनले कुनै पनि किसिमको सट्टेबाजीलाई अवैध मान्छ। तर, विभिन्न विदेशी 'बेटिङ' प्लेटफर्मको माध्यमबाट समय–समयमा सट्टेबाजीका घटना बाहिरिने गरेका छन्। अन्नपूर्णपोस्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्