धनकुटाबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

<span class='c1'>धनकुटाबाट ६० प्रतिशत मत</span> <span class='c2'>खसेको प्रारम्भिक अनुमान</span>

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी अनुसार जिल्लाभरिका १ सय १९ मतदान स्थलका १ सय ६२ मतदान केन्द्रबाट ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको हो।

जिल्लामा महिला ५८ हजार ५ सय ४६ र पुरुष ५८ हजार ४ सय ४५ गरी कुल १ लाख १६ हजार ९ सय ९१ जना मतदाता थिए।

बिहान ७ बजेदेखि भएको मतदान कार्य साँझ ५ बजे सम्पन्न भएको थियो। अहिले सर्जिमिन मुचुल्का उठाएर मतपेटिकालाई सिल गरी सदरमुकामस्थित सामुदायिक भवनको रहेको मतगणना स्थलमा ल्याउने क्रम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्