इलाममा एक सय १५ वर्षीय वृद्धद्वारा मतदान

<span class='c1'>इलाममा एक सय १५</span> <span class='c2'>वर्षीय वृद्धद्वारा मतदान</span>

मङ्गलबारे । इलाममा एक सय १५ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गर्नुभएको हो ।

फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उहाँले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उहाँको नागरिकतामा जन्ममिति विसं १९६४ लेखिएको छ । तत्कालीन एकतप्पा गाउँ पञ्चायत–५ मा उहाँको जन्म भएको हो ।

यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गर्नुभएको छ । सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गर्नुभएको हो ।

सन्दकपुर–३ को युवा आधारभूत विद्यालयबाट जनार्दन उप्रेती, बालकृष्ण उप्रेतीलगायत १० किरियापुत्रीले मतदान गर्नुभएको हो । उहाँहरूका बुबा देउताराम उप्रेतीको तीन दिनअघि निधन भएको थियो ।

इलाम नगरपालिका–५, बरबोटेका किरियापुत्री तुलसी बराल र उहाँकी धर्मपत्नी तारा बरालले समेत स्थानीय गुरुकुल विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ । तुलसीका बुबा गायत्री बरालको चार दिनअघि निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्