सुनसरीमा ११ बजेदेखि मतगणना सुरु हुने

सुनसरीमा ११ बजेदेखि मतगणना सुरु हुने

विराटनगर । सुनसरीमा आज बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

अहिले चारवटै क्षेत्रमा सर्वदलिय बैठक बसरे सहमतिका आधारमा मतगणना सुरु गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले जानकारी दिए।

सुनसरी क्षेत्र नम्बर-१ को धरान सभागृह, २ को शिक्षा तालिम केन्द्र, ३ को दुहबी कबडहल र ४ को भगवती माबी इनरुवामा मतगणना हुने छ।

सर्वदलिय बैठक सकिने बित्तिकै चार वटै निर्वाचन क्षेत्रको मतगणना एकसाथ सुरु गरिने प्रजिव यादबले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्