काठमाडौँ–९ मा एमालेलाई अग्रता

<span class='c1'>काठमाडौँ–९ मा</span> <span class='c2'>एमालेलाई अग्रता</span>

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ पाँच सय ६४ मतसहित अग्रता लिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल पाँच सय ६१ प्राप्त गर्दै दोस्रो स्थानमा हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टी देवेन्द्र प्रधानले दुई सय १५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस्तै चुनाव चिह्न पैतालाले एक सय २० र लौरोले २३ मत प्राप्त गरेको छ । दिउँसो १ बजेसम्म भएको दुई हजार दुई सय ८६ मतगणनामा ९६ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्