विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको बाकसमा भेटिएपछि विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएपछि मतगणना गर्ने विषयमा भएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगियो ।
गढी गाउँपालिका–१ को मधेलीस्थित मजदुर किसान माविको बुथमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभामा भेटिएो हो । सुनसरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले पहिलो चरणको सर्वदलीय बैठकमा दलहरूका बीचमा विवाद भएपछि स्थागित गरिएको बताएका छन् ।
पुनः सर्वदलीय बैठकको तयारी भइरहेको बताए । सुनसरी क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका विजय गच्छदार र एमालेका भगवती चौधरी मुख्य प्रतिस्पर्धी छन् ।