ताप्लेजुङमा तीन दिन पैदलमार्गमार्फत ढुवानी गरेर मतपेटिका ल्याउँदै

<span class='c1'>ताप्लेजुङमा तीन दिन पैदलमार्गमार्फत</span> <span class='c2'>ढुवानी गरेर मतपेटिका ल्याउँदै</span>

फुङ्लिङ । ताप्लेजुङको हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका छिटोमा मङ्गलबार अबेरमात्र ल्याइने भएको छ ।

सदरमुकाम फुङ्लिङदेखि लामो दूरी र यातायातको पहुँच नपुग्ने र हेलिकप्टर पनि नआएकाले तीन दिन पैदलयात्राबाट मतपेटिका ल्याइने जानकारी दिइएको छ ।

फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला र याङ्मा फक्ताङलुङ गाउँपालिका—६ ग्याब्ला र घुन्साको मतपेटिका मङ्गलबार अबेर मात्र आइपुग्ने मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । हेलिकप्टरमार्फत ल्याउने भनिए पनि पैदलमार्गमार्फत नै ल्याउनुपर्ने भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । पोखरेलले भन्नुभयो, “इलाडाँडामा चारवटै मतदान केन्द्रको मतपेटिका सङ्कलन हुन्छ । त्यहाँबाट गाडीमा मङ्गलबार बेलुकी आइपुग्छ ।” एक सय १९ वटा मतदान केन्द्रको मतपेटिका आज मुख्य निर्वाचन कार्यालय फुङ्लिङमा ल्याइपु¥याएको छ ।

जिल्लामा ४८ हजार तीन सय ५५ मत खसेको निर्वाचन अधिकारी दिनेश खनालले बताए । यहाँ ८८ हजार दुई सय ८५ वटा मतदाता छन् । सबै मतदान केन्द्रको मतपेटिका जम्मा भएपछि मात्र मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्