विराटनगर । भोजपुरको प्रतिनिधिसभा निर्वाचनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा दुबै उम्मेदवारले बराबरी मत ल्याएका छन् ।
अहिलेसम्म ८०० गणना गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरतीले ३५१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार शेरधन राईले पनि बराबरी ३५१ मत पाएका छन् ।
प्रदेशसभातर्फ भने नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राईले ७५७ मत गन्दा ३६८ मत पाएका छन् ।
नेकपा (एमाले) का हरिबहादुर राई ले १९६ मत पाएका छन् ।
तस्बिर : युवराज विष्ट भोजपुर/रासस