काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनको प्रारम्भिक मतगणनामा एमाले अग्रस्थानमा रहेको छ ।
एमालेले ६७ हजार ८ सय ४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८ सय ७१ मतसहित दोस्रो स्थानमा छ ।
निर्वाचन आयोगका अनुसार, अहिले बिहान १०:३० बजेसम्म देशभरबाट प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी २९ हजार ६ सय ३५ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्र २६ हजार ६ सय ३३ मतसहित चौथो स्थानमा रहेको छ ।