घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

हिजो सोमबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सोमबार छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्