मोरङ ३ (१) मा लिम्बूको अग्रता

<span class='c1'>मोरङ ३ (१)</span> <span class='c2'>मा लिम्बूको अग्रता</span>

पथरी । मोरङ क्षेत्र नं ३ (१) मा मानबहादुर लिम्बूको अग्रता कायमै रहेको छ ।

प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा वाम–लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका मानबहादुर लिम्बूले चार हजार आठ सय १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा(एमाले)का दिलीपकुमार राईले चार हजार तीन सय आठ मत पाउनुभएको छ भने राप्रपाका तीर्थबहादुर गुरुङले एक हजार सात सय १० मत प्राप्त गर्नुभएको छ ।

प्रदेशतर्फ जम्मा ७५ हजार तीन सय ९३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ (१) मा ९७ हजार चार सय ६८ खसेको छ । मोरङ क्षेत्र नं ३ मा पथरी शनिश्चरे नगरपालिका–८, बेलबारी नगरपालिका–२ र कानेपोखरी गाउँपालिका–४ गरी १४ वटा वडा रहेका छन् । जम्मा तीन ठाउँ मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि काफ्लेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा ३१ जनाको उम्मेदवारी रहेको मोरङ–३ मा एमालेबाट पूर्व (स्वास्थ, पर्यटन र कानुन) मन्त्री भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राप्रपाकी नेत्री तथा नायिका रेखा थापा मुख्य प्रतिस्पर्धामा छन् । बीस जनाको उम्मेदवार रहेको प्रदेशसभामा भने (१) र (२) मा सत्ता गठबन्धनका मानबहादुर लिम्बू र दिलीपकुमार राईबीच (१) प्रदेशमा प्रतिस्पर्धा हुँदैछ । त्यस्तै (२) प्रदेशका लागि सत्ता गठबन्धका नेकपा(एकीकृत समाजवादी)का लक्ष्मीकुमार श्रेष्ठ र एमालेका ज्ञानेन्द्र सुवेदीबीच प्रतिस्पर्धा हुँदैछ । एमालेका उम्मेदवार सुवेदी बेलबारी नगरपालिकाका पूर्वनगरप्रमुख र राई पथरी शनिश्चरे नगरपालिका पूर्वनगरप्रमुख रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्