विराटनगर । सुनसरीको संघीय निर्वाचन क्षेत्र नम्बर १ मा माओवादीका मुक्साहाङ मेन्याङ्बोको अग्रता बढ्दै गएको छ ।
उनलाई जसपाका नेता अशोक राईले पछ्याइरहेका छन् । भर्खरै सार्वजनिक भएको विवरण अनुसार मेन्याङ्बोले १ हजार ७३८ मत ल्याउँदा राईले १ हजार ४५२ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १ हजार ३९३ मत पाएकी छिन् ।
यस्तै स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले १ हजार १८१ मत ल्याएका छन् ।