गाउँपालिका अध्यक्षमा पराजित सिंह प्रदेशसभामा निर्वाचित

<span class='c1'>गाउँपालिका अध्यक्षमा पराजित</span> <span class='c2'>सिंह प्रदेशसभामा निर्वाचित</span>

राजविराज । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित हुनुभएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उहाँ निर्वाचित हुनुभएको हो । जनमत पार्टीबाट उम्मेदवार हुनुभएका सिंहले १६ हजार सात सय ३४ मत प्राप्त गर्नुभयो ।

गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार सिंहलाई नेपाली कांग्रेसका अरुण मण्डलले पराजित गर्नुभएको थियो । गाउँपालिका अध्यक्षमा पराजित भएपछि उहाँ लोसपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्नुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार शैलेन्द्र साहले आठ हजार दुई सय ९२ मत पाउनुभयो । साह मधेस प्रदेश सरकारको अर्थमन्त्री हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्