शिक्षामन्त्री पौडेल जीत नजिक

<span class='c1'>शिक्षामन्त्री पौडेल</span> <span class='c2'>जीत नजिक</span>

बलेवा । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुग्नुभएको छ ।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई नेकपा (एमाले)की मञ्जु चालिसेले १८ हजार आठ सय २१ मतका साथ पछ्याइरहनुभएको छ । अब मतगणना हुन दुई वटा मात्रै बाँकी रहँदा जीत सुनिश्चित भएको माओबादी केन्द्रका जिल्ला इञ्चार्ज बलावती शर्माले दाबी गर्नुभयो ।

“उहाँकाे जीत सुनिश्चित भइसकेको छ, अब दुई वटा वडाको मत गणना गर्न बाँकी छ,” उहाँले भन्नुभयो, “अहिलेसम्मको मतान्तरका आधारमा हाम्रो जित सुनिश्चित भइसकेको छ ।”

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढोरपाटन नगरपालिकाको थुप्लाङ र बुर्तिबाङ मतदान केन्द्रका मतपेटिकामा भएका मत गणना गर्न बाँकी छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्