गोरखा–२ माओवादी केन्द्रका अध्यक्ष दाहाल १२ हजार मतले अगाडि

<span class='c1'>गोरखा–२ माओवादी केन्द्रका अध्यक्ष दाहाल</span> <span class='c2'>१२ हजार मतले अगाडि</span>

गोरखा । चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ ।

आज साँझ ६ बजेसम्मको मतगणनामा उहाँले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लैजानुभएको हो । कूल ४१ हजार चार सय सात मतगणना हुँदा उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मत पाउनुभएको छ ।

बुर्लाकोटी अध्यक्ष दाहालभन्दा १२ हजार छ सय ११ मतले पछाडि पर्नुभएको छ । त्यस्तै नेकपा (एमाले) का अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहनुभएको छ ।

उहाँले अहिलेसम्म पाँच हजार छ सय ३६ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्