रास्वपा विजय नयाँ राजनीतिक संस्कारको थालनी : खनाल

रास्वपा विजय नयाँ राजनीतिक संस्कारको थालनी : खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा विजयी प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफ्नो पार्टीको विजयले मुलुकमा नयाँ राजनीतिक संस्कारको थालनी भएको बताउनुभएको छ ।

निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले रास्वपाभित्र व्यक्तिको विजय नभई नयाँ राजनीतिक संस्कारको थालनी भएको बताउनुभयो । “नेपालको राजनीतिक कोर्ष नयाँ हुँदैछ”, खनालले भन्नुभयो ।

सीमित स्रोत र साधनका बाबजुद केही व्यक्तिबाट सुरु भएको अभियानले सार्थकता पाएको उहाँको भनाइ थियो । खनालले सम्पूर्ण नागरिकको हित गर्ने समाज तथा देशको उन्नयनमा सहयोग गर्ने जनताका मुद्दा र सवाललाई संसद्मा लैजाने उल्लेख गर्नुभयो ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार खनालले १४ हजार दुई सय चार मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्