चितवनमा रवि लामिछानेको अग्रता कायमै

चितवनमा रवि लामिछानेको अग्रता कायमै

चितवन । जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अग्रता कायमै रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपा र क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता कायम राखेको हो ।

निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका हरि ढकालले आफ्नो अग्रता कायम राख्नुभएको हो । उहाँले २८ हजार ८३ मत प्राप्त गर्दा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले २० हजार दुई सय ७५ मत प्राप्त गर्नुभएको हो । गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेसका विश्वनाथ पौडेलले १९ हजार एक सय ५१ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । तीमध्ये ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।

क्षेत्र नम्बर २ मा रास्वपा अध्यक्ष रवि लामिछानेले ४२ हजार दुई सय १४ मतका साथ अग्रस्थानमा रहनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको उमेश श्रेष्ठले १३ हजार नौ सय २९ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोख्रेलले १३ हजार तीन सय आठ मत प्राप्त गर्नुभएको हो ।

यस क्षेत्रमा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् । पछिल्लो परिणामअनुसार चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राख्नुभएको छ । उहाँले १९ हजार नौ सय ९७ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका डा भोजराज अधिकारीले ११ हजार दुई सय ९५ प्राप्त गर्नुभएको छ ।

रास्वपाकी जीता बरालले नौ हजार तीन सय १७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले छ हजार एक सय १७ मत प्राप्त गर्नुभएको छ ।
सो क्षेत्रमा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्