रौतहट १ बाट अध्यक्ष माधव नेपाल विजयी

रौतहट १ बाट अध्यक्ष माधव नेपाल विजयी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी हुनुभएको छ ।

रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी हुनुभएको जानकारी दिनुभयो ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गर्नुभएको छ ।

रौतहट क्षेत्र नं २ को मतगणना भने जारी रहेको मूख्य निर्वाचन अधिकृत मरासिनीले बताउनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्