झापा–५ प्रदेशसभा (२)बाट एमालेका थापा विजयी

झापा–५ प्रदेशसभा (२)बाट एमालेका थापा विजयी

झापा । झापा निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) बाट नेकपा (एमाले)का होमबहादुर थापा विजयी हुनुभएको छ ।

गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेवतराज पुरीलाई छ हजार आठ सय १४ मतान्तरले पराजित गर्दै थापा प्रदेशसभामा निर्वाचित हुनुभएको हो ।

थापाले २४ हजार एक सय २९ मत ल्याउनुभएको छ भने गठबन्धनका उम्मेदवार पुरीले १७ हजार तीन सय १५ मत ल्याउनुभएको छ । यो क्षेत्रमा दमक नगरपालिका पूरै र कमल गाउँपालिकाका तीन वडा रहेका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभामा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भइसक्नुभएको छ ।

झापा–४ मा एमालेका साँवा विजयी

झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेद्वार लालप्रसाद (एलपी) साँवा लिम्बु विजयी हुनुभएको छ । उहाँले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बन्नुभएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताउनुभयो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गर्नुभएको छ । साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बन्नुभएको थियो ।

यसैगरी घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको भनाइ छ । एक लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार चार सय ८३ मतदाताले मतदान गरेका थिए । जसमा चार हजार छ सय ४७ मत बदर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्