फिफा विश्वकप : स्विट्जरल्याण्ड विजयी

फिफा विश्वकप : स्विट्जरल्याण्ड विजयी

काठमाडौं । स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

कतारको अल जानुब स्टेडियममा आज भएको खेलमा क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्याण्डले विजयी सुरुआत गरेको हो । स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको एक गोल नै निर्णायक गोल साबित भयो ।

उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए । यस जितसँगै समूह ‘जी’ मा रहेको स्विट्जरल्याण्डले ३ अङ्क जोडेको छ ।

समूह जी अन्तर्गत आज हुने अर्को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियाको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्