प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत?

<span class='c1'>प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन</span> <span class='c2'>दलको कति मत?</span>

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ ।

निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ हजार नौ सय ५७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या पाँच लाख ३१ हजार पाँच सय २० रहेको छ ।

नेकपा (माओवादी केन्द्र)को चार लाख ८६ हजार ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ८० हजार एक सय पाँच, जनता समाजवादी पार्टी नेपालको एक लाख ३१ हजार आठ सय १०, नेकपा (एकीकृत समाजवादी) को ८० हजार तीन सय दुई, जनमत पार्टीको ८० हजार दुई सय ३२, नागरिक उन्मुक्ति पार्टीको ७९ हजार सात सय ५२, नेपाल मजदुर किसान पार्टीको ५७ हजार सात सय ७०, लोकतान्त्रिक समाजवादी नेपालको ५६ हजार दुई सय २१, हाम्रो नेपाली पार्टीको ३३ हजार चार सय १९ मत, राष्ट्रिय जनमोर्चाको ३० हजार ६२ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्