लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु

<span class='c1'>लैङ्गिक हिंसा विरुद्धको</span> <span class='c2'>अभियान सुरु</span>

काठमाडौं ।‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारासहित सञ्चालन हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन हुनेछ ।

लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीे र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको उपस्थितिमा सेतो रिबन हस्तारण गरी अभियान शुभारम्भ गरिएको छ । सेतो रिबनमा उल्टो ‘ख’ को अर्थ हिंसा नसहने, नगर्ने र विरुद्ध खुलेर बहिष्कार गर्नु हो ।

सो अवसरमा अध्यक्ष मगरले लैङ्गिक हिंसामा महिला बढी पर्ने हुनाले महिला हिंसा मुक्त हुनुपर्छ भन्नेमा आयोग दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिंसा भएर राहत दिनुभन्दा हिंसा नै हुन नदिनु उत्तम उपाय हो । जुन स्थानीय तहको सहकार्यबाट प्रभावकारी हुन्छ, आयोग त्यसका लागि प्रतिबद्ध छ ।” यसैक्रममा काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोल भन्नुहुन्छ, “कुनै पनि प्रकारको हिंसा सामाजिक अपराध हुन् । जसको न्यूनीकरणका लागि वडासम्म लैजान जरुरी छ ।”

कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्देश्य र कार्यान्वयनका विभिन्न पाटो पक्षका बारेमा जानकारी गराइयो । संवैधानिक निकायका सदस्यसहित काठमाडौँका स्थानीय तहका उपप्रमुखको उपस्थिति रहेको थियो ।

तस्बिर:यज्ञराज आङ्गदेम्बे/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्