सोलुखुम्बुमा छ प्रतिशत मत बदर

<span class='c1'>सोलुखुम्बुमा छ प्रतिशत</span> <span class='c2'>मत बदर</span>

सोलुखुम्बु । सोलुखुम्बुमा यस पटक सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ४८ प्रतिशत मत खस्यो । यहाँ कूल मतदाता ८१ हजार पाँच सय दुई रहेका थिए ।

जिल्लामा खसेको ३९ हजार चार सय ३३ मतमध्ये चार हजार दुई सय ९० मत अर्थात् झण्डै छ प्रतिशत मत बदर भएको पाइएको छ । मत बदरको सङ्ख्या कम गर्नकै लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको थियो । मतदाता शिक्षाका लागि खटाइएका कर्मचारी गाउँगाउँ नपुग्दा मतदाता झुक्किएका पोङबोचे मतदान केन्द्रमा खटिनुभएका मतदान अधिकृत ङवाङ दोर्जी बाहिङ बताउनुहुन्छ ।

जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार दुई सय ६३, प्रदेशसभा (१) मा एक हजार एक सय ६६ र प्रदेशसभा (२) मा आठ सय ६१ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कतिपय मतदाताले एउटै मतपत्रमा धेरै स्वस्तिक छाप लगाएको पाइएको छ । कतिपय मतपत्र खालीसमेत भेटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।

मत बदर कम गर्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतपत्रको छुट्टाछुट्टै व्यवस्था गरिएको भए पनि मतदानसम्बन्धी चेतनाको अभाव र गठबन्धनका कारण पनि मतदाता झुक्ँिकदा मत बदरको सङ्ख्या बढेको बताइएको छ । ग्रामीण भेगमा मात्र नभई सदरमुकाम क्षेत्रकै मतदाता पनि मतदान गर्ने विधिबारे कम ज्ञानकार रहेको पाइएको छ ।

यद्यपि जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामनारायण शाह मतदाता शिक्षा प्रदान गर्ने जिम्मेवारी गाउँपालिकालाई दिइएको र आफूहरुले अनुगमन तथा समन्वय मात्र गरेको बताउनुहुन्छ । अनुगमनका क्रममा पनि मतदाता शिक्षा प्रभावकारी रुपमै प्रदान गरेको पाइएको निर्वाचन अधिकारी शाहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्