एलेनाभाग्दैछे। खुट्टाखोच्चाउदैदौडिदैछे । उसको ओठमा कालो टेप टाँसिएको छ । जसमा गाविसको सरकारी छाप हानिएको छ । ठाउँ ठाउँमा च्यातिएको उसको कुर्थाबाट रगत स्वतन्त्र हुँदै छ । हातहरुमा जता ततै निलाडामहरु देखिन्छन् । नाक फुटेको, गालामा चोट लागेर सुनिएको । उसको मुखको भुगोल यसरी नै बिग्रेको छ । उ खोच्चाउदै, सक्दो चाँडो दौडिदै एउटा घरमा पुग्छे । घरभित्र छिरेर झ्याल ढोका हत्तारहत्तार बन्द गर्छे । त्यो अँध्यारो घरभित्र उभिएर ढोका तिर हेर्दै नयनलाई आँसु झार्ने कार्य सुम्पिन्छे । ढोकामा कसैले जोडले हानेको आवाज आउँछ । ढक्ढक् । त्यो आवाज सुन्नासाथ उ तर्सिन्छे । ढक्ढक्, ढोकालाई कसैले निरन्तर हानिरहेको हुन्छ ।
ढक्ढक्ढक्ढक् । ढोका फुट्नेगरी आवाज आउँछ । भित्रबाट विकास कराउँदै ढोका खोल्न पुग्छ -"को हौ ? को हो मेरो घरमा छिर्न एति हतारिएको ? आउँदै छु त हौ ।" विकासले ढोका खोल्छ र दुईवटा प्रहरी आफ्नो सामुन्ने पाउँछ -" तपाईहरु किन यहाँ ? के काम पर्यो।हजुरहरुलाई ?"
दुई मध्ये एउटा प्रहरी बोल्छ -"हामी तपाईंलाई पक्राउ गर्न आको ।"
विकास अचम्म पर्छ -"मलाई ? किन ?" मुस्कुराउँछ -"मैले त्यस्तो के गरे र?"
"तपाईंले जिउँदै भगवानलाई मार्नु भयो ।"
विकास प्रहरीहरु उभिएको वरण्डामा ओर्लिन्छ -"के ? मैले मारे ? कसलाई मारे ?"
त्यो प्रहरीले हप्काउने स्वरमा भन्छ -"तपाईंले भगवानलाई मार्नुभयो । तपाईंको विरुद्धमा कम्प्लेन्टआको छ पण्डित बाजेको । तपाईं चोक चोकमा, मन्दिर मन्दिरमा गएर भन्नुहुन्छ रे "भगवान हुँदैन, सबै भ्रम हो, भगवानको अस्तित्त्व छैन ।" तपाईंले समाजको अगाडि त्यस्तो भन्न मिल्छ ? हिन्दु समाजको अगाडि ? आफू पनि हिन्दु भएर ? हिँड्नुस खुरुक्क ।"
विकास नर्भस हुन्छ -"केक्केक्के रे ? के ? पण्डित बाजे... कम्प्लेन्ट ? हैन के भन्दै हुनुन्छ ? के ... क्के नाटक हो यो ?"
"तपाईंको विरुद्धमा पण्डित बाजेको मात्र हैन । गाउँका धेरै भक्तजनहरुलेकम्प्लेन्ट गर्नु भा छ । खुरुक्क हिँड्नुस हामीसँग ।"
यति भनीसक्दा अर्को प्रहरीले उसको हात समाएर हतकडी लगाईदिन्छ र पाखुरामा समाएर विकासलाई सडकमा लैजान्छ जहाँ
पुलिसको गाडीसँगै एउटा भिँड देख्छ उसले । भिँडको अगाडि उभिएका पण्डित बाजेले उसलाई देख्नासाथ कराउन थाल्छ -"नास्तिक चोर...."
अनि बाँकी भिँडलेएकैस्वरमाचिच्याउँछन् -"देश छोड ।"
यो नाराले घेरेको विकासलाई प्रहरीले भ्यानमा जाकिदिन्छ । अनि भ्यान कराउँदै, धुलो उडाउँदै आफ्नो बाटो लाग्छ । भ्यान त्यहाँबाट नहराउन्जेल त्यो नारा गुन्जिरहन्छ ।
प्रहरीको गाडी गाविसको प्रहरी कार्यालयमा रोकिन्छ । विकासलाई कारागारभित्र पसाईदिन्छ । उ आउनु अगावै पाँच, छ जना त्यो कारागारभित्र कैदीको संज्ञा बोकेर बसिरहेका हुन्छन् । तिनीहरुमध्ये विकासले टाउकोमा हात राखेर भुइँमा बसिरहेको एउटा परिचित अनुहारलाई देख्छ । त्यो परिचित अनुहारको नाम हो निकास । उसले पहिरेको सर्टमा जुत्ताका छापहरुले बुट्टा भरेका छन् उसलाई कसैले लात्तैलात्तले हानेर । उसको नाक पनि फुटेको छ ।
विकासले उसलाई बोलाउँछ –"अरे निकास तपाइँ यहाँ किन ? के गर्नु भयो ? भगवानलाई केहि भन्नु भयो कि क्या हो तपाइँले पनि ?"
निकासले मुन्टो उठाएर विकासतर्फ दृष्टि आकृष्ट पार्छ । आफु बसेको स्थानबाट उठ्छ –"अरे बा । तपाइँलाई पनि थुनामा ? के भयो ?"
"त्यो साला पण्डितले कम्प्लेन्ट गरेको उसको भगवानको बारेमा जे पायो त्यहि भने भनेर । अनि यिनीहरु पनि कस्तो हौ । पकदिहाल्देको । बस्नुस् तल । तपाइँलाई चैं के भयो ? चिया खाएर सिधै जेलमा ?"
दुवैजनाबस्छन, निकास बोल्न थाल्छ-" खै साला । म चिया पिउंदै थिए । कुरा हुँदै रैछ हाम्रो वरिष्ठ नेता ज्युको । यो पालि नागा जीलाई भोट दिनुपर्छ भन्दै त्यो पुस्करे उफ्रिन थाल्यो । उहाँले बडो राम्रो राम्रो काम गर्नु भा छ रे....."
विकास विचैमा बोल्छ –"गर्यो त्यसले । त्यो मुलालाईचिन्या छैन र हाम्ले ?"
"त्यहि त त्यहिभन्या । मैले भने उहाँलाई किन भोट दिने ? उहाँले राम्रो काम गर्नु भएको छैन । उहाँलेकेहि विकास गर्न भएन । एउटा जाबो रोड पनि बनाउनु भएको छैन । अब...."
"त्यहि त अब नयाँ मान्छेलाई जिताउनु पर्छ । पुरानालाई नमस्त भनेर गुडबाई..."
निकास जोसिन्छ –"अँ अँठ्याक्कै । त्यहिभन्या । त्यहि भनेको मैले, त्यो साला पुस्कारेजन्गीन्छ पो । तपाइँले हाम्रो नेतालाई कसरि जे पायो त्यहि भन्न पाउनुहुन्छ ? तपाईकोएत्रोहिममात ? भन्दै जंगीन्छ । त्यो मुला । तपाइँलाई जनताले छोड्दैन । तपाइँ राष्ट्रविरोधी मान्छे हुनुँदोरैछ भन्छ...."
विकास आक्रोशित हुन्छ –"थुइय्य!!! त्यो साला त्यसले पैसा पाउँछ । टन्न मासु भात हसुर्न पाउँछ अनि भन्दैन त ?"
निकासले भुइँलाई हातले हान्छ –"त्यहि त । त्यसो भन्यो अनि त्यसका झोले हरुत्यहींरैछन हो । मैले खाईरहेको चियाको कपलाई हातले हानेर झारिदियो । अनि कुट्न थाले । आठ दस जनाले । पछी त पुलिस आइपुग्छ अनि पुलिसलाई के भन्छन् भने –"यो मान्छेले एउटा इज्जतदार नेताको छवीबिगार्ने कुरा गर्दैछ । यसले माननीयलाई गालि गर्यो । गलत प्रचार प्रसार गर्यो । बेइज्जति गर्यो । यसलाई समाएर लानुहोस्" अरे ।
विकासले आँखा ठुलो पार्छ –"लै के हो यो ? आफ्नो विचार भन्दा पनि ? उसलाई ठिक लागेन । अफेन्ड भयो अरे अनि पक्राउ ? के हुँदै छ ?"
एक एक छिनमा उनिहरु बसेको कारागारमा मान्छेहरुलाई कैदी बनाएर हाल्दैछ प्रहरीले । आधा शहर बसाई सराई गरेर कारागारमा बस्न आए जस्तो । कसैले कसैको बारेमा जे पायो त्यहि बोल्यो । कसैले कसैलाई व्यक्तिगत रुपमा जे पायो त्यहि भन्यो । कसैले कुनै कम्पनिको बारेमा भन्यो । कसैले कुनै नेताको खण्डन गर्योग। कसैले कसैको सोच प्रणालीलाई प्रश्न उठ्ने गरि केहि भन्यो । कसैले सर्वमान्य कुरालाई आफ्नो नयाँ सोचले विरोध गर्योप । यस्तै आरोप लागेर कैदीको सङ्ख्या बढ्दै छ ।
आधा शहर खालि भैसक्यो । फ्याक्ट्रीमाकामदारहरुको कमी, कार्यालयमा कर्मचारीहरुको, विद्यालय तथा युनिभर्सिटीहरुमाशिक्षकहरुको कमी । दोकानहरु बन्द । मिडियामा पत्रकारहरुको कमी । गाउँका ५०० परिवारका कोहि न कोहि सदस्य जेलमा छ्न् । गाउँमा केहिसंकट आएर खालि भएको छ जस्तो । एउटै आवाज सुनिदैन गाउँमा । मानिस भएर पनि एकलासको बन्छ ।
सरकारले यो सबै अवस्था देखेर एउटा सुचना जारी गर्छ, लिखित तथा मौखिक रुपमा । सरकारी गाडीमा माइक लगाएर गाउँभरी घुमाएर उद्घोष गराउँछ ।
"सुचना ! सुचना !! सुचना !!! मिति २०७९ साल असोज १ गते देखिन् आज असोज ८ गतेको मिती सम्म सरकारले थुनामा राखेको सम्पुर्णकैदीहरुलाईरिहाई गर्ने निर्णय गरेको छ । भोलि मिति २०७९ साल असोज ९ गते विहान ७ बजे गाउँका सबै जनतालाई गाविसको कार्यालयमा आफ्नो नागरिकता लिएर उपस्थित हुन सरकारले आदेश दिईबक्सेको छ । बालबालिकाको हकमा उनीहरुकोअभिभावकहरुले आफ्नो सन्तानको जन्म दर्ता अनिवार्य लिएर उपस्थित हुन निर्देशन दिईन्छ । यस प्रबन्धका लागि भोलि सार्वजनिक विदाको घोषणा गरिन्छ । कसैले गाउँ छाडेर जान पाइने छैन । यदि कोहि पनि व्यक्ति भोलि अनुपस्थित भएमा कडा भन्दा कडा आवश्यक कार्यवाही गरिने सरकारले जानकारी गराईबक्सेको छ । यदि सरकारको निर्देशन विपरितकोहि गएको पईएमा त्यस व्यक्ति, बाल बालिका, वृद्धहरुलाई आजीवन कारागार चलानी गरिने छ । "
सरकारले आफ्नो सिमानामा सेना तैनाथ गर्छ । कसैले पनि गाविसको सिमा पार गर्ने प्रयास गरे त्यसलाई त्यहिँ गोलि हान्ने आदेश दिन्छ । सुचना बमोजिम सरकारले पक्राउ गरेको कैदीलाई आ-आफ्नो घर पठाउँछ ।
एलेनाले त्यो सुचना पुरै सुनेपछि आफ्नो दोकान बन्द गरेर घरतिर लाग्छिन् । बाटोमा उसको साथि भेट हुन्छ –"एलेना ! दोकान बन्द गरेर आकी ?"
एलेना रोकिन्छे –"हजुर । तिमी कता हिंडेकी ?"
"म त उता अर्को गाउँ समान किन्न जाँदै थिए । बोर्डरमा पुलिसले रोकिदियो । फर्केर आको ।"
"हो र ? के भएछ ? किन त्यस्तो गर्यार होला ?"
"खै थाहा छैन । त्यो कैदीहरुले गर्दा होला क्या । भोलि गाविस बोलाको छ । सबैलाई । माइकिंग सुनिस् ?"
"सुने । कहिले यस्तो भको थाहा छैन मलाई ।"
"खै के हो ।"
"घरमा भाँडा हाँसिरहेका होलान् । छोरीलाई त अह्राएर आको थिए । मोलिकी छैन होला । म जान्छु है ?" भनेर एलेना र उसको साथिछुट्टीन्छन् । एलेना घर पुगेर सुतिहाल्छिन् । भोलि विहानकोलागिनास्ता तयार गरिसकेकी छिन् ।
एलेनाभोलीपल्टविहानै उठेर दोकानको चाबीपनि साथमा लिएर गाविस तिर जान्छिन् । बाटोमा बालबालिका, वृद्ध वृद्धा लगायत सम्पूर्णको लस्कर हुन्छ । सबै गाउँ उठेर गाविस तर्फ जाँदैछ ।
गाविसमा जनताहरुलाई पर्खिरहेको सैनिकको टोलिले सबैलाई एउटा ठुलो मैदान तिर लान्छ । त्यो मैदानमा तिर्पाल टाङेर, तिर्पालले घेरेर एउटा ठुलो अस्थायी घर बनाईएको छ । त्यहाँ सेना र प्रहरीहरुले मिलेर वृद्ध वृद्धालाई एउटा लाम, वालवालिका र महिला को लागि एउटै लाम अनि बाँकी रहेकोलाई एउटा लाम बनाएर उभाउँछ । किन ? भन्ने कुराबाट सबै अनभिज्ञ छन् । हिजोको आदेशले गर्दा सबै आज्ञाकारी जनता भएर जसो जसो भनिन्छ त्यसो त्यसो गर्छन् । ५ जना महिला, ५ जना पुरुष, ५ जना वृद्धालाई एकैचोटी त्यो ठुलो घरभित्र छिराइन्छ ।
२० जना पछि एलेनाको पालो आउँछ । उ एउटा कोठा तिर जान्छे । उक्त कोठाको ढोकैमा एउटा सेनाले एलेनाको नागरिकता माग्छ । उसको बुबाको नाम, उसको नाम, ठेगाना, नागरिकता नम्बर, व्यवसाय टिपेर राख्छ एउटा खातामा । एलेना कोठाभित्र छिर्छे । त्यहाँ एउटा डाक्टरसँग दुईवटा नर्स र दुई प्रहरी जवान हुन्छन् । डाक्टरले एलेनालाई खटियामा पल्टने निर्देशन दिन्छ । उ त्यसै गर्छे । अनि डाक्टरले नर्ससंग टेप माग्छ । एलेनाको ओठमा टाँसीदिन्छ । डाक्टरले बाहिर जान आदेश दिन्छ । निस्कने बेलामा ढोकाको सैनिकले उसको नागरिकता फिर्ता दिन्छ र साथ साथै एउटा पर्ची ।
एलेना बाहिर निस्किन्छे । उसले अर्को कोठाबाट एउटा व्यक्तीलाई ढोकाबाट निस्केर भागिरहेको देख्छे । त्यो व्यक्ती विकास हुन्छ । उ कराउँदै दौडिदै हुन्छ –"यो अन्याय हो । यो गलत हो । म टेप लाउँदिन ।" उसको ओठमा आधा टेप टाँसिएर आधा लत्रिरहेको हुन्छ । उ भागेर त्यो घरबाट निस्कन खोज्दै हुन्छ । तर पुलिसले उसलाई पक्रीन्छ, भुइँमा पछार्छ । विकासको मुखलाई बन्द गरिदिन्छ, आधा टाँसिएको टेपलाई पुरै टाँसेर । अनि हथकडी लगाएर लैजान्छ ।
एलेना यो दृश्य देखेर त्रसित हुन्छे । ओठ दुखिरहेको हुन्छ उसको तर सक्दिन केहि बोल्न । एउटा प्रहरीले उसलाई कराउँछ –"ओईकेटि यता आइज ।" एलेना त्यो प्रहरी तिर जान्छे । त्यो प्रहरीले उसको हात समातेर एउटा अर्को ठुलो हलमा लैजान्छ ।
त्यहाँ गाउँका अरुव्यक्तिहरु कुर्सीमा बसिरहेको देख्छे एलिनाले । सबैको मुखमा टेप लगाएको देख्छे । उ पनि एउटा कुर्सीमा बसेर पर्ची पढ्न थाल्छे ।
"यो फ्री टेप हो । यसलाई कसैले निकाल्न पाउने छैन । जबरजस्ती उतार्न खोजे ओठमा घाउ भएर ओठको माथिल्लो छाला निस्कन सक्ने छ । यसलाई निम्न फ्री समयमा उतार्न सकिन्छ । विहान ७ बजे देखि ७:३० बजे सम्म, दिउँसो ०१ बजे देखि ०१:३० बजे सम्म, राति ७ बजे देखि ७:३० बजे सम्म । यो बाहेक अन्य समयमा कसैले उतारे गाविसको राजिनिति चोकमा उक्त अपराधिलाई ल्याई मृत्युदण्डको सजाय दिईनेछ ।"
उसको हात काँप्न थाल्छ, मुख सुक्न थाल्छ । आफ्नो थुक निलेर सुख्खा मुखलाई थोरै भए पनि भिजाउँछे ।
त्यो दिन देखि त्यो गाउँमा मान्छेको आवज सुनिँदैन । सबैजनाले फ्री समयमा मात्र फ्री टेप खोल्छन् । सबैलाई असजिलो भएपनि बानि पर्न थालिसकेको हुन्छ । आफुलाई चाहिने जति सम्पर्क गर्न, कम्युनिकेट गर्न इशारा प्रयोग गर्छन् । सरकारले जनताको निगरानी राख्न गोप्य जासुस खाटाउँछ । जो पनि हुन सक्छ जासुस आफ्नै परिवारको सदस्य पनि । जासुसको बारेमा त मलाई पनि थाहा छैन ।
एलेना आफ्नो दोकानमा बसिरहेकी हुन्छे । पुन: सरकारको गाडी माइकिङ् गर्दै आउँछ ।
"हिजो फ्री टेप खोलेर पक्राउ परेको ३ जना अपराधिहरुलाई राजनीति चोकमा सार्वजनिक रुपमाकारवाही गरिने भएकोले आज ५ बजे सबैलाई उपस्थित हुन निर्देशन दिईन्छ ।"
एलेनाले घडी हेर्छे । घडिले ४:३० को सङ्केत दिन्छ । आफ्नो दोकान बन्द गरेर राजनीति चोक तिर प्रस्थान गर्छे । उ त्यहाँ पुग्दा करिब २०० मानिस उपस्थित भैसकेका हुन्छन् । भिँडलाई छिचोलेर अपराधिहरुको मुहार हेर्न उ अघ्रपङ्कतिमा पुग्छे । त्यहाँ एउटा न्यायाधिश कुर्सीमा बसेको हुन्छ, टेबलको अगाडि । उसको दाँयाबाँयामा एक-एक जना सेना सुरक्षाको लागि उभिएका छन् । भिँडलाई नियन्त्रण गर्न दश जना सेना ।
एलेनाले घुँडा टेकेर बसाईएको एउटा कैदीलाई देख्छे । त्यो कैदि पछाडी उभिएर दुईजना सेनाले बन्दुक तेर्साएका छन् । त्यो कैदिलाई उसले चिन्छे ।
अस्ति फ्री टेप लाउँदा भागेको विकास आज अपराधि भएर आफ्नो दण्ड कुरिरहेको हुन्छ ।
********
न्यायाधिशले सजाय सुनाउँछ –"हर्क प्रसादका छोरा , उमेर ३२, वार्ड नम्वर १०मा बस्ने विकासले फ्री टेप नलाउने हेतुले भाग्न खोजेको हुँदा यस अदालतले उसलाई मृत्युदण्डको सजाय सुनाउँछ । उसलाई फायरिंगस्क्वाडले यस राजनीति चोकमा गोलि हानि मृत्युदण्ड दिने आदेश दिन्छ ।"
विकासको आँखा रसाउँछ, मुखबाट दबिएको रुन्छे आवाज निस्किन्छ । एलेनाको मुटुलाई त्यो दृश्यले हल्लाईदिन्छ । उ फगत त्यस दृश्यको दर्शक भएर हत्या हेर्न मात्र सक्छे । ती पछाडी उभिएका सैनिकले आफ्नो बन्दुक ठिकपार्छन । एउटा ठुलो पदको अफिसरले उनीहरुलाई गोलि हान्ने आदेश दिन्छ । गोलि चल्छ । त्यो शुन्यवस्तीमागोलिकोअवाज चर्को बज्छ । विकास अब विकास नभएर लास बन्छ र ढल्छ । त्यो लाशलाईदुइ जना प्रहरी मिलेर भ्यानभित्र हाल्छन् ।
न्यायधिश फेरि बोल्छ –"अर्को अपराधीलाई ल्याउनुहोस् ।"
दुईजना प्रहरीले एकजना व्यक्तिलाई विकास लास भएको ठाउँमा ल्याउछन् । घुँडा टेकाएर बसाँछन् ।
न्यायधिशले फैसला सुनाउँछ –"हिजो राति ठिक ८ बजे हरिप्रसादका छोरा, उमेर ३४ वर्ष वार्ड नम्वर दशमा बस्मे निकासले फ्री समय भन्दा बाहिर आफ्नो फ्री टेप खोलेर श्रीमतीसंग वार्तालाप गरेको कसुरमा अपराधी करार गरेको छ । उक्त कसुरमा निकासलाई यस अदालतले मृत्युदण्डको सजाय सुनाउँछ । उसलाई फायरिंगस्क्वाडले यस राजनीति चोकमा गोलि हानि मृत्युदण्ड दिने आदेश दिन्छ ।"
फेरी ती दुई सेनाले उसलाई गोलि हान्छन् । निकासको लाशलाई पनि भ्यानमा लगेर राखिदिन्छन् ।
एलेनालाईअत्ति नै भईसकेको हुन्छ त्यो दुईवटा दृश्य । के गरूँ कसो गरूँ उकुसमुकुस हुन्छ । आफ्नो मुटु तीव्र गतिमा धड्किरहेको उसले सुन्छे । छिटो छिटो सास फेर्न थाल्छे ।
न्यायाधिशले अर्को अपराधिलाई बोलाउँछ । यो पाली रुँदारुँदा आँखा सुन्निसकेको बालकलाई प्रहरिले लिएर आउँछ र घुँडा टेकाएर सजाय दिने स्थानमा राख्छ ।
कलिलो ८,१० वर्षको बालकलाई त्यो स्थानमा देखेर, उसको हविगतको बारेमा सोचेर एलेना सालिक बन्छे । करुणा उसको मुटुमा बाढी भएर आउँछ । उ आत्तिन्छे र रुन थाल्छे । उसलाई आत्माले बोल् बोल् भनिरहेको हुन्छ । केहि त गर भनेर उकासिरहेको हुन्छ । उ निसासिन्छे ।
न्यायधिशले बालकलाई मृत्युदण्ड सुनाउँछ ।
एउटा आवाज त्यो भीँडको सुनसानलाई चिर्दै वातावरणमा गुन्जिन थाल्छ । एलेनाको ध्यानलाई त्यो आवाजले आफुतिर तान्छ । त्यो व्यक्तिले आफ्नो फ्री टेप फ्याँक्छ –"यो गलत हो । अन्याय हो । हामीलाई अन्याय गरिएको छ । सरकारले अपराध गरेको छ, हामीलाई टेप टाँसेर । यो कुन कानुन हो मेरो ८,१० वर्षको छोरालाई मृत्युदण्ड दिने ?" त्यो व्यक्तीको ओठ रगताम्य देख्छे एलेनाले । उ वरिपरी र अगाडी उभिएका मानिसहरु स्वतः पछाडी सर्दै जान्छन् । त्यो व्यक्तिलाई एक्लै पारेर । त्यो व्यक्तिलाई पकड्न भनेर सेना अफिसरले आदेश दिन्छ । एउटा सेना उसलाई पकड्न पुग्छ । त्यो सेनालाई त्यो व्यक्तिले हातले ठेलेर हत्याईदिन्छ । सम्पूर्ण भीँड पछाडी सर्छ ।
त्यो दृश्य देखेर एलेनाको रगत उम्लिरहेको हुन्छ । उसलाई त्यो व्यक्तिसंग गएर सरकारको विरोध गरूँ गरूँ जस्तो लागिरहेको हुन्छ । २०, २५ जना त्यो व्यक्तिको आवाज सुन्दै, त्यो व्यक्तिलाई हेर्दै आफु उभिएको स्थानमा मुठ्ठी पारेर अडीरहन्छन् । त्यो व्यक्तिलाई सेनाले नियन्त्रणमा लिन्छ । एउटा फ्री टेप त्यसको ओठमा लगाएर त्यसलाई हत्कडी लगाइदिन्छ । अर्को सैनिकले आफ्नो राइफलको पछाडीको भागले त्यो व्यक्तिलाई टाउकोमा हान्छ ।
त्यसपछि एउटा व्यक्ति दौडदैभीँड नियन्त्रण गर्ने सेनामाथि उफ्रेर जाईलाग्छ । अनि विस्तारै एक एक गर्दै २५ जना जति ती सेनाहरुमाथिजाइलाग्छन् । झडप गर्नेहरुलाई हिरासतमा राख्न सेनाहरुभिँड्न थाल्छन् ।
त्यही मौका पारेर एलेना निगरानीमा नरहेको त्यो बालक नीर पुगेर उसलाई अँगालो हाल्छे । त्यो वालकलाइ लिएर उ त्यहाँबाट दौडिन थाल्छे । एउटा प्रहरीले उसलाई ढाडमा हान्छ । कुर्था च्यातिएर छाला काटिन्छ । एलेना लड्छे। एलेनाले बालकलाई हातको इशाराले भाग भाग भन्छे । त्यो बालक त्यहाँबाट दौडिन्छ । मान्छेहरुछारपस्ट भएर भाग्न थाल्छन् ।
त्यहि प्रहरीले लडेको एलेनाको घुँडामा हान्छ आफ्नो बुटले । एलेनाकुण्ठीत आवाजमा चिच्याउँछे । त्यो प्रहरीलाई एलेनालेलात्ताले हान्छे । प्रहरी लड्छ । उ उठ्छे अनि त्यो प्रहरीको बन्दुक खोसेर गोलि हानि मारिदिन्छे ।
न्यायाधिशलाई सुरक्षित ठाउँमा लग्छन् उसका अङ्गरक्षकहरुले अनि एउटाले ब्याक अप बोलाउँछ । भिँडबाट अझै थप मान्छेहरुसेनाहरुलाई हमला गर्न दौडिन्छन् । कत्तीले बन्दुक खोसेर सेनाहरुलाईमार्छन् । कत्तीलाई सेनाहरुलेमार्छन् ।
ब्याक अप आएको ४ वोटाभ्यानबाट करिब २०० सैनिकहरु ओर्लन्छन् । भिँडामा गोलि फायर गर्छन् । अझै १० १५ वोटामानिसहरु भुइँमा ढल्छन् ।
एलेनाले ५,१० जना सैनिकहरुलाईमारिसकेकी हुन्छे । उसको बन्दुकको गोलि सकिन्छ । अब उ बन्दुकलाई लौरो बनाएर प्रहार गर्न थाल्छे । एउटा सैनिकले उसको प्रहार रोकिदिन्छ, बन्दुक खोस्छ, उसलाई एक थप्पड हिर्काउँछ । एलेना भुइँमा लड्छे । त्यो प्रहरीले उसलाई जथाभावी आफ्नो बुटले हान्न थाल्छ । एलेनाको नाक फुट्छ । हातले रोक्न खोज्दा हातहरुमा चोट लाग्छ । एउटा प्रहारमा सैनिकको खुट्टा समात्न सफल हुन्छे । खुट्टा समातेर त्यो सैनिकलाई ठेल्छे र लडाईदिन्छे ।
एलेना उठेर भाग्न थाल्छे । खोच्चाउदै भाग्दै एउटा घरमा पुग्छे । घरभित्र छिरेर झ्याल ढोका हत्तारहत्तार बन्द गर्छे । ढोकालाई जोडसँग हानेको आवाज आउँछ । त्यो आवाजले एलेना तर्सिन्छे । ढोका खोल्न सैनिकले ढोकामा खुट्टाले हान्न थाल्छ । उसका नयनबाट स्वकिय आँसुका थोपाहरु झर्न थाल्छन् । एलेनाले काँप्दै गरेको हात टेपमा लान्छे । दाहिने तिरबाट टेप तान्न थाल्छे । टेपले ओठलाई आफुसँगै तान्न थाल्छ । टेप निस्किदै जान्छ, स्वतन्त्र भएको ओठको भाग च्यात्तिन, चर्किन थाल्छ । च्यात्तिएको भागबाट रगत बग्न थाल्छ, उसको दाँतमा लाग्छ, घाँटिमा लाग्छ, लुगामा लाग्छ । पुरै टेप खुल्दा उसको ओठ क्षतविक्षत भईसकेको हुन्छ । उसको ओठबाट रगतको धारा बग्छ । अनि एलेना जोडले चिच्याउँछे ।