इटहरी इन्टरनेशनल कलेजमा विद्यार्थीहरुलाई २८ लाख बराबरको छात्रवृत्ति

इटहरी इन्टरनेशनल कलेजमा विद्यार्थीहरुलाई २८ लाख बराबरको छात्रवृत्ति

विराटनगर । मोरङको सुन्दरहरैचामा रहेको इटहरी इन्टरनेशनल कलेजमा विद्यार्थीहरुलाई २८ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको छ ।

शुक्रबार कलेजमा आयोजित कार्यक्रममा इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरेका थिए ।

कलेजका २१ जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।

विआईटिका १७ जना र बिबिए अध्ययनरत ४ जनालाई अभिभावकको उपस्थितिमा उक्त छात्रवृत्ति दिइएको कलेजकी प्रमुख कार्यकारी डा. दक्षता राणाले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्