सुनसरी ४ मा तत्काल मतगणना सुरु गर्न एमालेका माग

सुनसरी ४ मा तत्काल मतगणना सुरु गर्न एमालेका माग

विराटनगर । सुनसरी क्षेत्र नं. ४ मा स्थगित भएको मतगणना तत्काल सुरु नगरे सडक आन्दोलन गर्ने एमालेले चेतावनी दिएको छ ।

क्षेत्रनम्बर ४ का एमालेका प्रतिनिधिसभाका उम्मेद्धार जगदिश कुसियैतले पत्रकार सम्मेलनको अयोजना गर्दै रोकिएको मतगणना तत्काल सुरु गर्न समेत माग गरेका हुन । तत्काल कुनै निर्णय नभए सडक आन्दोलन सुरु गर्ने बताउदै उनले समय जाँदा कार्यकर्ता अशान्त बन्दै गएको उनको भनाई थियो ।
“आज कुनै निर्णय भएन, मतगणना सुरु भएन भने हामी सडक मैदानमा हुनेछौँ । , उने भने ,‘हामी सडक संघर्ष पनि गर्नेछौँ । वार्ता पनि गर्छौँ ।”

कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उनले बताए । काँग्रेस उम्मेदवार रहेका संघीय सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि शनिवार विवाद शुरु भएको थियो।

निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै अनिस्चितकालका लागि मतगणना रोकिएको भन्दै सुचना निकालेका थिए ।

गणना रोकिनुअघि सार्वजनिक भएको परिणामअनुसार कार्कीले २३‚४३९ मत ल्याउँदा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २३‚३४१ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्